सुन प्रतितोला पाँच सय घट्यो

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउमा कमी आएको ५ । हिजो मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनमा पनि दुई सय रुपैयाँ घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको र चाँदीको भाउमा ३५ रुपैयाँले कमी भएको छ । आज चाँदी तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर