क्यानाडामा नेपाली संस्कृति झल्काउन लागिपरे टण्डन

काठमाडौं । क्यानाडा–नेपाल टुरिज्म एन्ड कल्चरको आयोजनामा आगामी असार २३ गते पर्यटन प्रवर्धन कार्यक्रम गर्न लागेको छ ।
क्यानाडामा विगत एक दशकदेखि नियमित नेपालको पर्यटनलाई प्रवर्धन गर्दै आएका नरबहादुर टण्डनले यो वर्ष पनि सेभन वन्डर अफ नेपाल नामक नेपाली संस्कृति झल्कने कार्यक्रम गर्न लागेको जानकारी दिए ।

उनले नेपालको सातवटा प्रदेशको सातवटा महत्वपूर्ण गन्तव्यलाई केन्द्रीकृत गरेर सेभन वन्डर अफ नेपाल नामक पर्यटकीय स्थलको परिचय र जानकारीमूलक कार्यक्रम आयोजना गर्न लागेको बताए ।

कोभिड–१९ का कारण प्रतिकूल असर परेको नेपालको पर्यटन उद्योगलाई पुरानै लयमा फर्काउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताउँदै क्यानाडा नेपाल टुरिज्म एन् कल्चरका अध्यक्षसमेत रहेका टण्डनले भने, “विगत एक दशकदेखि निरन्तररुपमा नेपालको पर्यटन प्रवद्र्धन गरिरहेको छु । कार्यक्रममा क्यानाडाका परराष्ट्रमन्त्री मेलाइनी जोली, क्यानाडाका पर्यटनमन्त्री हारजित साजन, क्यानाडा–नेपाल पार्लियामेन्ट एसोसिएनका अध्यक्ष एवं सांसद सोनिया सिन्धु , एनआरएन, नेपाली राजदूतावास र स्थानीयको सहयोगमा कार्यक्रम गर्न लागेको हो ।”
नेपालका पर्यटकीय स्थलसम्बन्धी जानकारीमूलक तस्बिर, भिडियो र सांस्कृतिक कार्यक्रम समावेश गर्ने पनि टण्डनले बताए । दाङ जन्मेका नरबहादुर टण्डन उच्च शिक्षा अध्ययनका लागि सन् २००५ मा उनी क्याडाना गएका थिए । कमाई नहुँदा पढाई अघि बढाउन सकेनन् । कामकै सिलसिलामा ट्रक ड्राइभर भए अहिले त्यही ट्रकबाट जन्मभूमि नेपाललाई विदेशमा चिनाउने कार्य आएका छन् । एक अध्ययनअनुसार, क्यानाडामा ६५ हजारभन्दा बढी नेपाली बस्छन् ।

क्यानाडा–अमेरिका गुड्ने लरी ट्रकमा ठूला व्यावसायिक कम्पनीहरू आफ्नो वस्तुको विज्ञापन गर्न हजारौं खर्च गर्न रूचाउँछन् । टण्डनले अन्य कम्पनीको विज्ञापन गर्न चाहेनन् । जतिसक्दो आफ्नै देशको प्रचार अभियानमा जुटेर अहिले त्यही अभियानलाई निरन्तरता दिरहेका छन् । ट्रक हाँकेरै अमेरिका र क्यानाडाका दर्जनौं शहर घुमेका टण्डन त्यहाँका स्थायी वासिन्दा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर