मोदीद्वारा नेपाल-भारत सम्बन्ध मजबुत बनाउन सहयोगको अपेक्षा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई सन्देश पठाएका छन् । प्रधानमन्त्री प्रचण्डले एक्समार्फत पठाएकोे बधाईमा जवाफ फर्काउँदै मोदीले नेपाल र भारतबीचको मित्रतालाई अझ बलियो बनाउने चाहना व्यक्त गरेका छन्। उनले उक्त चाहना प्रधानमन्त्री प्रचण्डको बधाई सन्देश रि–ट्विट गर्दै व्यक्त गरेका छन् । मोदीले लेखेका छन्, ‘प्रधानमन्त्री प्रचण्डजी ! तपाईंको न्यानो शुभकामनाका लागि धन्यवाद ! भारत–नेपालको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन निरन्तर सहयोगको अपेक्षा गरेको छु।’
१८औँ लोकसभा चुनावमा वाराणसीबाट मोदीले लगातार तेस्रोपटक जितेका छन् भने उनको पार्टी भाजपा नेतृत्वको गठबन्धन एनडीएले बहुमत ल्याएको छ। भारतको लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ। भाजपा नेतृत्वको एनडिए गठबन्धनले २९५ सिट जितेको छ भने कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले २३१ सिट जितेको छ। अन्य पार्टीहरूले १७ सिट जितेका छन्। अघिल्लो निर्वाचनको तुलनामा एनडिएले ६१ सिट गुमाएको छ भने कंग्रेस आईले उल्लेख्य सुधार गर्दै ४६ सिट थपेको छ। (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर