संविधान संशोधन गर्न राष्ट्रिय सरकार बनाउन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद गौतमले संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘के यो देशले अब यो स्थिति चूपचाप सहन सक्छ ? यही रूपको संघीयता, यही रूपको निर्वाचन प्रणाली, यही रूपको सरकार, यही रूपको शासन व्यवस्था अब सम्भव छ ? मलाई लाग्दैन । हामी अनावश्यक रूपमा समय खेर फाल्दैछौँ । देशलाई बर्बाद पार्दैछौँ । जुन राज्यमा शासकहरु भ्रष्ट हुन्छन् । जुन राज्यमा शासकहरु व्यभिचारी हुन्छन् ।’
उनले अगाडि भने, ‘अब हामीसँग एउटा झिनो आशा बाँकी छ । देशको माया गरौँ । दलगत आग्रह र पूर्वाग्रहलाई छोडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ । यहीँ संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न हामी सक्छौँ । वृहत् लोकतान्त्रिक गठबन्धनको कल्पना गरौँ, र यो संविधानलाई संशोधन गरौँ । यो मुलुकमा सुशासनको प्रत्याभूति दिउँ । जनतामा आशा र भरोशा पैदा गर्ने एउटा बाटो कोरौँ । अनिमात्र हामी अगाडि बढ्न सक्छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर