चार इजरायली बन्धक मारिएको पुष्टि

काठमाडौं । हमासले गत अक्टोबर ७ मा बन्धक बनाएकामध्ये चार जनाको गाजामा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ । दक्षिणी गाजाको खान युनिसमा इजरायली कारबाहीका क्रममा चारैजना मारिएको र उनीहरुको शव अझै पनि विद्रोहीहरूकै नियन्त्रणमा रहेको बताइएको छ ।

इजरायली रक्षा सेनाका प्रवक्ता रियर एडमले हालैका साताहरुमा गुप्तचरहरुले बन्धक हत्याका विषयमा मूल्यांकन गरिरहेको बताए । प्रवक्ता एडमले खान युनिसमा हमासविरुद्धको सैन्य कारवाहीका क्रममा चार बन्धक मारिएको बताए पनि थप विवरण भने दिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर