सोनाक्षीको वेब सिरिज ‘दहाड’ को ट्रेलर सार्वजनिक

काठमाडौं । भारतीय अभिनेत्री सोनाक्षी सिन्हाको डेब्यू वेब सिरिज ‘दहाड’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार प्राइम भिडियो इन्डिया युट्युब च्यानलमार्फत सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो ।

२ मिनेट ३२ सेकेण्ड लामो सार्वजनिक ट्रेलरमा सोनाक्षी प्रहरीको दमदार भूमिकामा देखिएकी छिन् । उक्त ट्रेलरमा उनी २७ जना युवती हत्याको केसलाई समाधान गर्ने प्रयासमा छिन् ।

क्राइम ड्रामा सिरिजमा सोनाक्षीको अलवा विजय वर्मा, गुलशन देवैया, सोहम शाहलगायत कलाकारको अभिनय रहेको छ ।

रीमा कागती र रूचिका ओवरायले निर्देशनमा बनेको सिरिज ८ एपिसोडसम्म हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

८ एपिसोडको वेब सिरिज अमेजन प्राइममा १२ मे देखि प्रदर्शन हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर