घोषित ४ सिटमा ३ सिटमा भाजपा विजयी

काठमाडौं । भारतमा लोकसभा चुनावको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार ५४३ सिटमध्ये अहिलेसम्म चार सिटको नतिजा आएको छ । जसमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएले ३ सिट र भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १ सिट जितेको छ। एनडीएबाट जितेका तीन जना भाजपाका रहेका छन् । कर्नाटकको चित्रदुर्गबाट भाजपाका गोविन्द मक्थाप्पा कर्जोल, जयपुरबाट मन्ञु शर्मा विजयी भएका छन् । यसअघि नै भाजपाकी मुकेशकुमार चन्द्रकान्त दलाल सुरतबाट निर्विरोध निर्वाचित भएका थिए । यस्तै, कांग्रेसबाट चरनजित सिंह लोकसभा सदस्य निर्वाचित भएका छन् । उनी पञ्जाबको जालन्धरबाट निर्वाचित भएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर