हावाहुरीबाट रूख ढलेर च्यापिँदा एक पुरुषको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीको मध्यविन्दुमा हावाहुरीबाट रूख ढलेर च्यापिँदा एक पुरुषको मृत्यु भएको छ । मध्यबिन्दु नगरपालिका १२ स्थित ठुलोपोखरा सामुदायिक वनमा आज बिहान बाख्रा चराउन गएका एक पुरुषको रूख ढलेर च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो ।

बिहान करिब ८ः३० बजेको समयमा बाख्रा चराउन गएका ज्वाइथर बस्ने बर्ष ६९ को चित्रबहादुर थापालाई हावाहुरीबाट रूख ढलेर च्यापेको र घटनास्थलमा तत्कालै प्रहरी गई च्यापिएको रूखबाट थापालाई बाहिर निकाल्दा उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर