भारतीय शेयर बजारमा ठूलो उछाल

काठमाडौं ।  भारतीय लोकसभा चुनावको मतगणना मंगलबार हुँदैछ। अबको केही घण्टापछि मुलुकमा अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुंगो लाग्ने बीबीसी हिन्दीले लेखेको छ । एग्जिट पोलमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले अग्रता लिएको खबर आएपछि सोमबार बिहान शेयर बजारमा ठूलो उछाल आएको थियो । सेन्सेक्स झण्डै दुई हजार अंकले उकालो लागेको छ । जबकि नेप्से प्रि–ओपनिङमा झण्डै एक हजार अंकले बढेको थियो । शेयर बजारमा देखिएको उछालका कारण सत्ता परिवर्तन नभए बजार उकालो वा स्थिर रहने अनुमान गरिएको छ । लोकसभा चुनाव २०२४ को एक्जिट पोलले नरेन्द्र मोदी तेस्रो पटक सत्तामा आउने भविष्यवाणी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर