इलाममा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु

काठमाडौं ।  इलाममा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका वडा ५ स्थित रतुवा  खोलाले लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई बगाएको हो । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । जिपमा कति जना सवार थिए भन्ने बारे यकिन नभएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर