किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा

काठमाडौं । हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयोग गरिन्छ जसले तरकारीलाई स्वादिलो र बास्नादार बनाउँछ । यसलाई हामी तरकारी, अचार र चटपटेलगायत चीजहरूमा प्रयोग गर्दछौं ।

यो स्वादका लागि नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या हटाउन मद्दत गर्दछ । धनियाँमा प्रोटिन तथा भिटामिन ‘ए’, ‘सी’, र ‘के’, पाइन्छ । यति मात्र होइन, यसमा क्याल्सियम, पोटेसियम, फस्फोरस, नियासिन, थियामिन, कैरोटिनसमेत पाइन्छ ।

धनियाँको पातमा फाइबर आइरन, म्याग्नेसियम पनि पाइन्छ । यसमा धेरै प्रकारको रोग हटाउने क्षमता हुन्छ । हरियो धनियाँले थकान हटाउँछ, स्फूर्ति ल्याउन समेत सहयोगी हुन्छ ।

धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।

धनियाँमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइने भएकाले यो आँखाका लागि समेत अति उपयोगी मानिन्छ । यसैले यसको चटनी बनाएर वा तरकारीमा हालेर खानाले धेरै फाइदा हुने चिकित्सकले बताएका छन् ।

नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउने काम गर्छ ।

धनियाँमा डोडेनल भन्ने विशेष तत्व हुन्छ, जसले टाइफाइडको ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ ।

धनियाँको पानीले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा बढाउँछ । दैनिक सेवन गर्दा मुटुसम्बन्धी रोगबाट समेत बच्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर