भारतको चुनावलाई लिएर प्रचण्ड, ओली र देउवाबिच सघन छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ। आज सोमबार बिहानमात्र प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुबिच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

प्रमुख तीन दलका शीर्ष नेताहरुबिचको छलफलपछि सत्तारुढ दुई दलका शीर्ष नेता प्रचण्ड र ओली पुनः अपराह्न छलफलमा बसेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल जारी रहेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गर्नुअघि आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग समेत भेटवार्ता गरेका थिए । तीनै जना नेताले छलफलको विषयवस्तु प्रकाश नपारेता पनि भारतमा सम्पन्न लोकसभाको चुनावका विषयमा छलफलमा विशेष चर्चा परिचर्चा भएको बुझिएको छ । तीनै नेताले भारतसँग विद्यमान सम्बन्धमा अब कसरी अगाडि बढ्ने भनी मन्थन गरेको समाचार स्रोतले उल्लेख गरेको छ । (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर