आपराधिक विश्वासघातको आरोपमा निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । ‘प्रसाद–२’ का चलचित्र निर्देशक सुदर्शन थापालाई आज प्रहरी पक्राउ गरेको छ। आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएकाले मालीगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले सोमबार थापालाई थप अनुसन्धान गर्नका लागि पक्राउ गरिएको हो । उनलाई हाल बौद्ध प्रहरी वृत्तमा राखिएको छ । निर्माता बस्नेतले आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै केही समय अगाडि बौद्ध प्रहरीमा उजुरी दिएका थिए। चलचित्र ‘प्रसाद २’ को विवादलाई लिएर बस्नेतले उनीहरूसहित ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवालविरुद्ध जाहेरी पनि दिएका थिए। अग्रवाल यसभन्दा अघि नै पक्राउ परिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर