प्रचण्ड सरकारको आयु अब २–४ दिनमात्रै : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको आयु दुई चार दिन मात्रै रहेको दाबी गरेका छन् । कपिलवस्तुको तौलिहवामा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा उनले भने, “धोका दिन माहिर प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि धोका दिनेछ ।”
प्रचण्डले ओलीलाई धोका दिइसकेकाले अब उनको सरकारको आयु दुई, चार दिन मात्र रहेको र नेपाली राजनीतिक परिदृश्यको यसको परिणाम छिट्टै देखिनसमेत ठोकुवा गरे । उनले प्रधानमन्त्रीले बेइमानी गरी जसपा नेपाललाई फुटाएको आरोप पनि लगाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर