नेप्सेमा आज दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १३.५१ अंकले बढेर दुई हजार ८३ दशमलब ४ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ४ अर्ब ३१ करोड १० लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७४ वटाको बढेको छ भने ६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेअनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मल्टिपर्पोज फाइनान्स लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४९८.३० रुपैयाँ पुगेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ४१०.३० रुपैयाँ पुगेको छ । आज नारायणी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.१३ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्सको २२ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।