रास्वपा सांसद मनीषको हुँकारः “गिरीबन्धुको फाइल खोल्दैछौं”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद झाले आफ्नो पार्टी सरकारमा गएपछि टिकापुर,बाँसबारी जग्गा प्रकरणको छानबिन गरेको भन्दै भुटानी शरणार्थी प्रकरणको पुनः छानबिन गर्ने र गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको बताए। उनले सहकारी प्रकरणमा आफूहरुले ससर्त छानबिन समिति बनाउन तयार रहेको जनाएको र त्यहि आधारमा अहिले संसदीय छानविन समिति बनेको धारणा राखे । आफूहरु प्रशस्तै विकल्प छाडेर देशका लागि केहि गर्न राजनीतिमा होमिएको उनको भनाइ छ।

सांसद झाले संसदमा बोल्ने क्रममा केही नेताहरुले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने काम उचित नभएको जिकिर गरे। लामो समय संसद अवरुद्ध हुँदा जनताका समस्याको उठान गर्न नपाइएको उल्लेख गर्दै उनले संसद खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर