बंगलादेशी सांसदको हत्या आरोपी हुसेन नेपालमा पक्राउ

काठमाडौं । बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका एक जनालाई नेपालबाट पक्राउ गरिएको छ । हत्याका मुख्य अभियुक्त सियाम हुसेनलाई काठमाडौंबाट पक्राउ गरिएको सुरक्षा स्रोतले जनाएको छ । उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए । भारतीय प्रहरीलाई उद्धृत गर्दै मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो । नेपालबाट पक्राउ परेका भनिएका हुसेन सांसदको हत्या लगत्तै काठमाडौं गएको हल्ला चलेको थियो । उनी गत बिहीबार नै पक्राउ परेको बताइएको ५ । हुसेनको सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल गरिरहेको पनि बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर