स्रोत नखुलेको एक करोड भन्दा बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । सुनसरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। सुनसरीको हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागी चेक गर्दा कारभित्र बोरामा लुकाइराखेको सो रकम बरामद भएको हो।

रकमसँगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाउँपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई सशस्त्रले नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ। नगद रकम, कार र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर