देशभरकै तापक्रम घट्ने क्रममा, मनसुन केही दिनमा आउने

काठमाडौं । अहिले बेलाबेलमा क्षणिक वर्षका कारण देशभरकै तापक्रम घटेको छ । ठाउँठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञमान विभागले जनाएको छ । नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि विभागले शनिवार साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार रेकर्ड ब्रेक गरेको नेपालगञ्जको तापक्रम ४१ दशमलव चार डिग्रीमा झरेको छ । यस्तै धनगढीमा ४० दशमलव सात डिग्री रहेको छ ।

सोही दिन पोखरामा ३४ र काठमाडौँमा ३४ दशमलव चार डिग्री मापन भएको तापक्रम शुक्रबार बेलुका झरेर पोखरामा अधिकतम तापक्रम ३१ दशमल पाँच र काठमाडौँमा ३२ डिग्री रहेको छ । जेठ १७ गते बिहीबार विराटनगरमा ४१ डिग्री तापक्रम मापन गरिएकोमा त्यो ३४ मा झरेको छ । त्यस्तै दाङको घोराहीमा ४० दशमलव दुई डिग्री रहेकामा ३५ दशमलव दुई डिग्रीमा झरेको छ ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा आज मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ | साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ । विभागले ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ”, भनेको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर