सहकारी संसदीय छानबिन समितिले भोलिदेखि काम थाल्ने

(संयोजक : सांसद सूर्य थापा–नेकपा एमाले)

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ । नेकपा एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्ने गरी कार्यालयको व्यवस्थापन भइरहेको संयोजक थापाले बताए । संसदीय समितिका लागि कार्यालय सिंहदरबारभित्रै रहने र आवश्यक जनशक्ति जुटाउने कार्य भइरहेको संयोजक थापाले जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा छानबिनका लागि सरकारले जेठ १५ गते ७ सदस्यीय संसदीय समिति गठन गरेको थियो । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबीसहित उनको नाम लेख्नुपर्ने अडानबाट पछि हटेपछि संसदीय छानविन समिति गठन भएको हो । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक/एक जना सांसद रहेका छन् । संसदीय समितिलाई आवश्यक छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको अवधि दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर