बूढानीलकण्ठ बैठकले ल्याएको तरंग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच हिजो राजनीतिक भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सत्तारुढ दलका तीन शीर्ष तीन नेता बीच छलफल भएको हो ।

प्रमुख प्रतिपक्षीदलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहितका विपक्षी दलका नेतासँग सत्तारुढ दल अध्यक्ष नेपालको संयुक्त बैठकले राजनीति तरङ्गित भइरहेका बेला प्रधानमन्त्री प्रचण्ड र ओलीले आज नेपालसँग छलफल गरेका हुन् । बूढानीलकण्ठ बैठकबारे प्रधानमन्त्री प्रचण्डले नेता नेपाललाई फोन गरेर चासो राखेका थिए ।

विपक्षी गठबन्धनसँग नेपालको बसाइँपछि बिहीबार बिहानै प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच बालुवाटारमा भेटवार्ता भएको थियो । त्यसपछि हिजो शीर्ष तीन नेताबीच छलफल भएको हो । भेटवार्तामा समसामयिक परिस्थितिको बारेमा छलफल भएको बैठकपछि एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर