पेट्रोलमा तीन र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमलेले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। हिजो शुक्रबार राति एक बजेबाट लागू हुने गरी निगमले पेट्रोल र डिजेल, मट्टितेलको भाउ घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ घटाएको छ। तर बजेट भाषणमा उल्लेख गरिएअनुसार पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ हरित कर भने लागू गरिएको छ ।

भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार निगमले नयाँ भाउ निर्धारण गरेको जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ४२ पैसा र डिजेलमा २ रुपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्यसूची पठाएको छ। यस्तै एलपी ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर