ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थीको प्रविधि वृत्ति विकासका लागि अलमन्ड्स एआई कम्पनीले सघाउने

भक्तपुर । ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीको विशेषगरी प्रविधिको क्षेत्रमा वृत्ति विकासका लागि कलेजको कम्प्युटर एवं इलेक्ट्रोनिक्स विभाग र अलमन्ड्स एआई कम्पनी प्रालिबिच  एक प्राविधिक सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा ख्वप कलेज अफ इन्जिनियरिङको कम्प्युटर एवं इलेक्ट्रोनिक्स विभागका प्रमुख इन्जिनियर दिनेश गोथे र अलमन्ड्स एआई कम्पनी प्रालिका सिइओ डा. रमेश मारिखुले आज शुक्रबार आयोजित एक समारोहकाबिच हस्ताक्षर गरेका छन् ।

समझदारीपत्र (एमओयू) को निम्न लिखित उद्देश्यहरू रहेका छन्ः–

ख्वप कलेज अफ इन्जिनियरिङका विद्यार्थी र अलमन्ड्स एआई कम्पनी प्रालिको टोली बीचको सहकार्यलाई सक्षमताका साथ अगाडि बढाइने छ ।

अत्याधुनिक प्रविधिहरू प्रयोग गरी शैक्षिक परियोजनाहरूको कार्यान्वयन गर्ने ।

सफ्टवेयर विकास र परियोजना व्यवस्थापन सीपहरू बढाउन प्रक्रियाहरू र उपकरणहरूसँग सम्बन्धित प्रशिक्षण सत्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने ।

अनुसन्धान–केन्द्रित उद्देश्यहरू प्राप्त गर्ने लक्ष्य राखेर साझा चासोका विषयमा आउन सक्ने चुनौतीको सामना गर्न उपयुक्त अवसरहरूको सिर्जना गर्ने ।

विद्यार्थीका परियोजनाहरूलाई बजारको लागि उत्पादनहरूमा रूपान्तरण गर्न कठोर परीक्षणहरू र आवश्यक विश्लेषणहरू गर्न सघाउ पुर्‍याउने ।

समान कार्यहरूमा पुनः कार्य गर्नबाट बच्नको लागि मोड्युलर (सुविधा, सहुलियतपूर्ण) तरिकाले कार्यान्वयन र उत्पादनहरूको गुणवत्तामा सुधार गर्न सहजीकरण गर्ने ।

मुख्य आवश्यकताहरू, सम्भावित समाधानहरू, र परियोजना कार्यान्वयनको क्रममा देखा पर्न सक्ने दुवै अन्तर्निहित र अप्रत्याशित जोखिमहरू इंगित गर्न विद्यार्थीहरू र विशेषज्ञहरूसँग विचार–मंथन सत्रहरूको व्यवस्था गर्ने ।

चुनौतीपूर्ण समस्याहरूको सामना गर्न आफ्ना विचारहरूलाई निर्देशित गरेर विद्यार्थीहरूमा अनुसन्धान रुचि बढाउने ।

कार्यक्रममूलक (प्रोग्रामिङ) भाषा, सफ्टवेयर एल्गोरिजम (कृत्रिम बुद्धि (एआई) लाई सञ्चालनार्थ आवश्यक निर्देशनात्मक भाषा तथा उपकरण ) र अनुप्रयोगहरूमा प्रशिक्षण र कार्यशालाहरू सञ्चालन गर्ने ।

ज्ञान हासिल गरेर सक्षम भएका विद्यार्थीहरूलाई उपयुक्त कम्पनीहरूमा इन्टर्नशिप र रोजगारहरू सुरक्षित गर्न मद्दत गर्ने ।

विद्यार्थीहरूमा उद्यमशीलता सीपहरूको विकास गरी उनीहरूलाई अन्तर्निहित समस्याहरू सम्बोधन गर्न, समाज सुधार गर्न, र समुदायभित्र प्राविधिक प्रगतिहरूलाई अगाडि बढाउन उत्प्रेरित गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर