दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई सय १८ मिटर ड्रिलिङ

काठमाडौं । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौं कामदार एवं प्राविधिक जुटेका छन् । उत्खननका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले जानकारी दिए ।
कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको बताउँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उल्लेख गरे । चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।
प्रतिक्रिया