बालेनको सडक विभागलाई जवाफ : “सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला”

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सडक विभागले बनाएको मापदण्डअनुसार नै फुटपाथ विस्तार गर्न लागेको दाबी गरेका छन् । उनले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन सुझावसमेत दिएका छन् । उनले विगतमा पार्किङले ओगटेको ठाउँमा नै फुटपाथ विस्तार गर्न लागेको दाबी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडकमा तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने, तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’

मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन् : 

“एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ?

 न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ? 

त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।  

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिऊँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिऊँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ्ग र अव्यवस्थित बनाउनेहरूसँग लिऊँ । विकास गर्ने हो भने र बदलिँदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन एकजुट बनौँ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर