रिडी–तम्घास सडक पुनः एक महिनाका लागि बन्द हुने

काठमाडौं । आज जेठ १८ गतेदेखि रिडी–तम्घास सडक पुनः एक महिनाका लागि बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोउन्नतिसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै सडक बन्द हुने जनाएको हो । गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केही ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य गर्न भन्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर राजा सम्म समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । सडकको २०७९ साल फागुन २८ गते सम्झौता भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । १ अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरोन्नति र कालोपत्रे गर्नेगरी ठेक्का सम्झौता भएको छ । सडकको वैशाखको अन्तिमसम्म ३५ प्रतिशत भौतिक प्रगति र ३० प्रतिशत वित्तीय प्रगति भएको मदन भण्डारी सडक आयोजनाले जनाएको छ । सडक गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सड्क हो । यस सडकम सवारीसाधनको चाप अत्यधिक हुने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर