ट्रम्प आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने ३४ वटै मुद्दामा दोषी ठहर

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटै मुद्दामा दोषी ठहर गरिएको छ । न्युयोर्कमा भएको ऐतिहासिक सुनुवाइका क्रममा उनलाई दोषी ठहर गरिएको हो ।

अमेरिकाको इतिहासमै बहालवाला वा पूर्वराष्ट्रपतिलाई अपराधको सजाय सुनाइएको पहिलोपटक हो । आगामी जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजाय निर्धारण गरिनेछ । ट्रम्प जेल जान सक्ने सम्भावना रहेको बताइएको छ । कानुनविद्हरुले ट्रम्पलाई जरिवाना मात्रै गर्ने सम्भावना पनि रहेको बताएका छन् । ट्रम्पले फैसलालाई अपमानजनक भन्दै मुद्दाको अध्यक्षता गर्ने न्यायाधीशमाथि नै आक्रमण गरेका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडनलाई हराएर ह्वाइट हाउसमा फर्कने ट्रम्पको अभियानलाई प्रभावित पार्ने गरी अदालतले फैसला गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर