नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १९.८९ अंकले घटेर दुई हजार ६९ दशमलब ५३ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७० वटाको बढेको छ भने १७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, अप्पर लोहरे खोला हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी र युनिलिभर नेपाल रहेका छन् । आज पोखरा फाइनान्स लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्सको १९ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर