आज  ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।  आज  ६ वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्धमा छलफल हुनेछ ।त्यस्तै बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षकसँग छलफल हुनेछ ।

त्यस्तै बिहान साढे १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा साेह्राैं पञ्‍चवर्षीय योजनाको मुख्य विषयवस्तुहरु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नती (एलडिसी गे्रजुएशन) को लागि नेपाल सरकारको रणनीति तयारी र दिगो विकास लक्ष्य कार्यान्वयनको भिआरएन प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ ।यसैगरि दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्याहरु र भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर