साँगामा पाँचवटा गाडी र दुईवटा बाइक एकआपसमा ठोक्किँदा दुईजना घाइते

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको साँगामा अपराह्न पाँचवटा गाडी र दुईवटा बाइक एक आपसमा ठोक्किएका छन् । सा ेदुर्घटनामा परेर दुईजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीका अनुसार बनेपा नगरपालिका–१३ स्थित साँगामा रोकेर राखेको ट्याङ्करमा मोटरसाइकल, स्कुटर र मालवाहक ट्रकसहितका ६ वटा सवारीसाधन ठोक्किएका थिए ।

घाइते हुनेमा बा.६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती घर भएका प्रकाश सापकोटा र बागमती प्रदेश–०२–०४४ प ०५७३ नम्बरको स्कुटर चालक बनेपा घर भएकी १८ वर्षीया देविना कर्माचार्य न् । कर्माचार्य डिस्चार्ज भएकी छन् भने सापकोटालाई नर्भिक अस्पतालमा रेफर गरिएको छ ।

बागमती प्रदेश ०१–००३ क ९९४५ नम्बरको ट्याङ्करमा साँगाबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकल, स्कुटर, बा.७ च ४५३७ नम्बरको कार, योद्धा गाडी, बीएसीओ–१२३ नम्बरको कार र मालवाहक ट्रक ठोक्किएको डीएसपी सुवेदीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर