पशुपतिनाथको चारै ढोका असार १ गतेदेखि बिहान चार बजेदेखि खोलिने

काठमाडौं । आगामी असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका बिहान ४ बजेदेखि खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
उनले भने, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिँदै गरिएकोमा भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिनेछ ।”

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो । पशुपथिनाथको दर्शन गर्न कारोना कालदेखि व्यवधान उत्पन्न भएको थियो । अहिले साधारण अवस्थामा पनि चारै ढोका नखोलिनाले भक्तजनहरूमा कोषप्रति आक्रोश व्याप्त थियो । भक्तजनको आक्रोश-गुनासोलाई ध्यानमा राखेर अहिले कोषले दर्शनको व्यवस्था र समयावधिमा परिवर्तन गरेको भन्न हिच्किचाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर