आगामी ३ दिन तराई भेगमा अत्यधिक गर्मीको सम्भावना

काठमाडौं ।  केही दिनयता देशभर गर्मी बढिरहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी केही दिनसम्म तराई भेगमा अत्यधिक गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी ३ दिन (जेठ १८ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने जनाइएको छ । यसबाट बँच्न बढी गर्मीको समयमा घरभित्र अर्थात्  चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउने, सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित  पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसंग नियमित सम्पर्कमा रहन महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर