डा. प्रकाशशरण महतले लगाएको आलुप्याज माथिको भ्याट खारेज

काठमाडौं । सरकारले आलु, प्याज र तरकारीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ। चालू आर्थिक वर्षको बजेटमार्फत कांग्रेसका तर्फबाट अर्थमन्त्री रहेका डा. प्रकाशशरण महतले आलु, प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि दर (भ्याट) लगाएको थियो। यसले यी वस्तुको मूल्य महँगो बनाएको थियो। यसको व्यवसायीदेखि गृहिणीसम्मले विरोध गरेका थिए।

अर्थमन्त्री वर्षमान पुनले यी वस्तुमा लागेको भ्याट हटाइएको बताए। बजेटले मदिरा तथा चुरोटको अन्तःशुल्क दर बढाएको छ। त्‍यसैले यी वस्तुको मूल्य थप बढ्नेछ। त्यसैगरी, कोइलाको आयातमा हरित कर सुरु गरिएको मन्त्री पुनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर