१८ खर्ब ६० अर्ब ३० करोडको बजेटमा ५ खर्ब ४७ अर्ब ६७ करोड घाटा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।

स्रोततर्फ सरकारले राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने छ । यो कुल बजेट विनियोजनभन्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हो । उक्त न्यूनस्रोत पूर्ति गर्न सरकारले ऋण लिने बताएको छ । वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ७७ करोड र आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब आन्तरिक ऋण लिने अर्थमन्त्री पुनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर