सिरोहियालाई जमानतमा रिहा गर्न अस्वीकार, थप ३ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया फेरि थप ३ दिन प्रहरी शिराशतमा रहन भएको छ । जिल्ला अदालत धनुषाले जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप ३ दिन थुनामा राख्ने आदेश गरेको हो ।

सिरोहिया नागरिकता विवादमा यसअघि दुई पटक म्याद थप भएर थुनामा रहेका छन् । नागरिकता विवादमा उनलाई गत मंगलबार काठमाडौं पक्राउ गरिएको थियो । शुक्रबार अदालतमा पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा लामो बयान लिइएको थियो। पहिलोपटक गत बुधबार पनि अदालतले सिरोहियाविरुद्ध ३ दिन नै म्याद थपेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर