गृहमन्त्रीविरुद्ध प्रदर्शन र मुद्दा दायर

काठमाडौं । सहकारीका बचतकर्ताहरूले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । काठमाडौं, ललितपुर, भक्तपुरलगायत देशका विभिन्न ठाउँबाट आएका सहकारीका बचतकर्ताहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहकारी ठगका तस्बिरसहितका ब्यानर र विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकाल्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘जीबी राई कहाँ छ, गृहमन्त्रीलाई थाहा छ’ भन्दै नारा लगाएका थिए ।

यसैबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । अधिवक्ता अनुपम भट्टराई समेतले गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । उक्त रिटको पेशी यही जेठ १६ गते बुधबारलाई तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर