बालुवाटार बैठकले टुंग्याउनेछ बजेटको मार्ग सहज कि असहज ?

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको कार्याधिकारमा सहमति जुटाउन राजनीतिक दलका शीर्ष नेता र कार्यदलका सदस्यको संयुक्त बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत कांग्रेसका शीर्ष नेता सहभागी छन् । त्यसका अलावा रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी छन् ।
बैठकमा गरिने छलफलबाट अर्थमन्त्रीले आज प्रस्तुत गरिने बजेट भाषणमा अवरोध उत्पन्न हुने हो कि होइन भन्ने विषय टुंगो लाग्ने अपेक्षा गरिएको छ । कांग्रेसका एक नेताका अनुसार गुहमन्त्री रवि लामिछानेको नाम किटिएर छानबिन समिति बनाउने विषयमा सहमति भए देशको राजनीतिक अवस्था सहजतातर्फ मोडिने बताए । उनले नेपाली कांग्रेस सडकमा उत्रिसकेपछि राजनीतिक लाभहानीको हेक्का रहेको र अवरोधकाबिच बजेट प्रस्तुत गरेमा सरकारको अधिनायकवाद छर्लंगिने पनि टिपपणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर