राप्रपा नेपाल भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्दै

काठमाडौं । राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। राप्रपा नेपालको आइतबार बसेको केन्द्रीय सम्पादन समिति र पदाधिकारीको संयुक्त बैठकले आगामी दिनमा भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने तथा नागरिक आयोगको गठनलाई मुख्य माग बनाउने निर्णय गरेको हो।

त्यस्तै बैठकले राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक २०८१ साल जेठ ३१ र ३२ गते काठमाडौंमा गर्ने निर्णय गरेको महामन्त्री एवं सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए। बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक कार्यपत्रलाई परिमार्जनसहित केन्द्रीय कार्य समितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

बैठकले गरेको निर्णयबारे जानकरी दिँदै उनले भने, ‘भ्रष्टाचार अहिले देशमा महारोगको रुपमा फैलिएको छ । यो महारोगको निदान सामान्य उपचारबाट सम्भव देखिन्न । यसको निम्ति विद्यमान कानुनमा आमूल सुधारको साथै जनताप्रति उत्तरदायी रहने ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग खडा गरिनुपर्छ भन्ने राप्रपा नेपालको धारणा रहेको छ । आगामी दिनमा भ्रष्टाचारविरुद्ध देशव्यापि अभियान सञ्चालन गर्ने तथा नागरिक आयोगको गठन राप्रपा नेपालको मुख्य माग रहेको बैठकले निर्णय गरेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर