संसदीय छानबिन समितिको कार्याधिकारको टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई

काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि संसदीय  कार्याधिकार निर्धारण गर्न बनेको कार्यदलले सहमति जुट्न नसकेपछि प्रमुख राजनीतिकका शीर्ष नेताहरूलाई जिम्मा दिएका छन्।

कार्यदलको बैठकपछि शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै कार्यादलका संयोजक रहेका कानुनमन्त्री पदम गिरीले सहमति हुनसकेको र बालुवाटारमा बस्ने शीर्ष नेताहरूबिच अब हुने छलफलले छानबिन समितिको कार्याधिकार टुंगोमा पुर्‍याउने बताए। उनले यसअघिका बैठकले धेरै बुँदाहरूमा सहमतिको नजिक पुगेकाले अन्तिम निष्कर्ष शीर्ष नेताहरूले किाल्ने विश्वास व्यक्त गरे । शीर्ष नेताहरूको बैठक आजै साँझ बस्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर