राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले मिटरब्याजपीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो ।
प्रतिक्रिया