सिरोहयाको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । नागरिकतासम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई शुक्रबार राति १० बजे जनकपुरस्थित काब्या अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए। एसपी तिवारीका अनुसार सिरोहियालाई पहिले प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो।

‘त्यहाँ उहाँको उपचारका लागि आवश्यक सुविधाहरू नभएका कारण नजिकै रहेको काब्या अस्पताल लगिएको हो। त्यहाँ उपचार जारी छ,’ उनले भने। मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई सोही दिन धनुषा पुर्‍याइएको थियो। बुधबार अदालतमा पेश गर्दा सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो। उक्त म्याद सकेसँगै शुक्रबार उनलाई पुनःअदालतमा पेश गरिएको थियो। उनीमाथि अनुसन्धानका लागि थप तीन दिन म्याद थपिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर