शिवशिखरका शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइने

काठमाडौं । शिवशिखर बहुमुखी सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धमा मुद्दा चल्ने भएको छ । विभिन्न सहकारीको रकम हिनामिना गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै शर्माविरुद्ध मुद्दा दर्ता गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिल कार्यालयलाई शुक्रबार सिफारिस गरेको छ ।

सहकारीको रकम हिनामिना गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा शर्मा, उनकी श्रीमती गीता शर्मा र उनीहरू सम्बद्ध विभिन्न ४० वटा कम्पनीविरुद्ध मुद्दा चलाउने र उनीहरूबाट ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २ सय ९९ रुपैयाँ बिगो र जरिवानासहित मागदाबी गर्ने गरी प्रतिवेदन तयार पारिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान ऐनको व्यवस्थाअनुसार विभाग आफैंले मुद्दा दायर गर्न पाउँदैन । यसकारण विभागले अध्ययन प्रतिवेदनसहित मुद्दा चलाउन सिफारिस गरेर सरकारी वकिलको कार्यालय भक्तपुरमा पठाएको हो । विभागले गरेको अध्ययन प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर