बालुवाटारको बैठक सकियो, भएन सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रसरितामा प्रमुख दलका शीर्ष नेताहरूबिच आज शुक्रबार अराह्न बसेको बैठकमा पनि संसदीय गतिरोधका सम्बन्धमा खास निष्कर्ष निस्कन सकेको छैन । प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको बैठक गृहमन्त्री रवि लामिछानेमाथि सहकारी घोटालासम्बन्धी संसदीय छानबिन समिति बनाउने मागका सम्बन्धमा नेपाली कांग्रेसको स्पष्ट माग रहेको अडान बैठकमा सहभागी नेताहरूले व्यक्त गर्दा बैठक सुचारु हुन नसकेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रियसभामा विपक्षी दलका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, माओवादीका मुख्य सचेतक हितराज पाण्डेलगायत सहभागी थिए । बैठकपछि प्रमुख सचेतक रमेश लेखकले टीओआरमा सहमति खोज्न बसेको बैठकमा सहमति जुट्न नसकेको यद्यपि, यद्यपि बैठक सकारात्मक भएको बताए ।

उनले भने, ‘सहकारीबाट ठगी भएको विषयमा छानबिन कस्तो बनाउने भन्ने विषयमा साथीहरूले काम गरिरहनुभएको छ । त्यसका विषयमा छलफल भयो । छलफल आज सकारात्मक भएको छ । समिति बनाउनेतर्फ सबैको जोडबल छ ।’ बैठकबाट कांग्रेसका नेताहरू बाहिरिएपछि सत्तापक्षीय दलका नेताहरूको बैटक जारी रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर