नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखिएको पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा नयाँ भेरिएन्ट पुष्टि भएको हो । प्रयोगशालाले ४२ जनामा परीक्षण गर्दा १२ जनालाई केपी-१ र १७ जनामा केपी-२ पुष्टि भएको हो। यी दुबै भेरिएन्ट ओमिक्रोन भेरिएन्टकै सब-भेरिएन्ट हुन्। यसैगरी एक-एक जनामा केपी-३ र केपी-४ भेरिएन्ट देखिएको छ। यसअघि पनि ओमिक्रोन भेरियन्टको जेएन-१ लगायत सबभेरिएन्ट पुष्टि भएको थियो। पछिल्लो समय देखिएको केपी भेरिएन्ट भने सिंगापुरलगायत केही देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर