राष्ट्रपतिद्वारा संसदीय गतिरोधबारे चिन्ता र चासो प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । भेटमा राष्ट्रपति पौडेलले संसदमा जारी गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटका क्रममा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएको पनि राष्ट्रपतिको सचिवालयको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर