महिलाले मात्रै ताने मत्स्येन्द्रनाथ र मीननाथको रथ

ललितपुर । रातो मत्स्येन्द्रनाथको जात्राअन्तर्गत आज बिहान महिलाले मात्रै रथ तानेका छन् । रथयात्राको एक दिन महिलालाई मात्र रथ तान्न दिने परम्पराअनुसार नरिवल खसाल्ने जात्राको भोलिपल्ट आज बिहानै ललितपुरको थटीटोलमा ‘याक: मिसाया भुज्या’ अर्थात् एकल महिला जात्राअन्तर्गत विधिवत् रुपमा महिलाले रथ तानेका हुन् । साथै मीननाथको रथलाई पनि महिलाले लगनखेलबाट थटीटोल चौबाटोसम्म तानेर पुर्‍याएका छन् । गत बैशाख २९ गते पुल्चोकबाट सुरु भएको रथयात्रा गा: बहाल सुन्धारा हुँदै लगनखेल पुर्‍याएपछि करिब १ सय मिटर तानेर थटीटोलसम्म महिलाले रथ तानेर यो जात्रा मनाउने गरिन्छ । जात्रामा सबैको सहभागिता होस् र महिला र पुरुषमा कुनै पनि भेदभाव हुनुहुँदैन भन्ने मान्यताका साथ महिलाले रथ तान्ने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर