सन्दीपले भिसा नपाएको बारमो अमेरिकी दूतावास टिप्पणीविहीन

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको बारेमा कुनै टिप्पणी नगर्ने बताएको छ। ‘अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ,’ दूतावासले भनेको छ। दूतावासले संयुक्त राज्य अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली, द राइनोज, को सहभागिताबारे अत्यन्तै उत्साहित रहेको बताउँदै प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका उल्लेख गरेको छ।
प्रतिक्रिया