किराँत-राई समुदायले आज उँभौली पर्व मनाउँदै

काठमाडौं ।  किराँत-राई समुदायले आज उभौली पर्व मनाउँदै छन् । हरेक वैशाख शुक्ल पूर्णिमाका दिन किराँत-राई समुदायले आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी उभौली मनाउन लागेका हुन् । बाली लगाउनुअघि गाउँ-गाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने प्रचलन छ । गर्मी बढेसँगै यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर जान्छन् भन्ने मान्यता छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरु आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । आज साकेला नाच पनि नाच्ने गरिन्छ । राजधानीको ललितपुरमा रहेको हात्तीवनस्थित साकेलास्थानमा आज पूजा आराधना गरिदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर