राप्रपाद्वारा गृहमन्त्री रविमाथि छानबिनको माग

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि पनि अनुसन्धान सुरु गर्नुपर्ने माग गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कानुन समान रुपमा लागु हुनुपर्ने बताएको छ।

‘कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता दुरुपयोगसम्बन्धी अभियोग न्यायिक निरूपणको विषय बनिसकेको छ। राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ,’ बैठकपछि प्रवक्ता मोहन कुमार श्रेष्ठले भने, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ। त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ। कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ ।’ (तस्बिरःफाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर