सन्दीपलाई अमेरिकाले भिसा दिएन

काठमाडौं । अमेरिकाले उच्च अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएर टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जान लागेका सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिकाले आफ्रूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आईसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए । पाटन उच्च अदालतले सफाई दिएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर